बैशाख २७ , ललितपुर  – राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र काठमाण्डौं महानगरपालिकाबीच धरहरा परिसर र आसपासमा नयाँ संरचना निर्माणमा रोक लगाउँदै अहिले बनिरहेका संरचनालाई पनि यथास्थानमै राख्ने सहमति भएको छ ।  सिंहदरबारमा प्राधिकरण, महानगरपालिका, पुरातत्व विभाग, गुठी संस्थान सहित भएको संयुक्त बैठकले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक धरहराको पुनर्निर्माण सुरु हुँदै गर्दा धरहराको सुन्दरतालाई असर पार्न सक्ने भन्दै यस्तो निर्णय गरेको हो । अर्को सूचना नभएसम्मका लागि हाललाई धरहरा परिसर आसपासमा निर्माण भइरहेका संरचना रोक्का गर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ ।

यसैगरी बैठकमा काठमाडौं महानगरपालिकाले धरहरा परिसरमा भाडामा लगाएका सम्पूर्ण सटरहरु १५ दिनभित्र खाली गराउने सहमति भएको छ । यी सबैको कार्यको नियमित निगरानी गरी स्थानीय प्रशासनले प्राधिकरणलाई आवश्यक सहयोग गर्नेछ ।

 

Facebook Comments
सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *