धितोपत्र बजारलाई पूर्णरूपमा अनलाइन प्रणालीमा लैजान अझै दुई महिना लाग्ने

असोज २ –  धितोपत्र बजारलाई पूर्णरूपमा अनलाइन प्रणालीमा लैजान अझै दुई महिना लाग्ने भएको छ । निर्धारित समयमा आवश्यक भौतिक पूर्वाधार तथा तयारी हुन नसक्दा पूर्णरूपमा कारोबार अनलाइनमार्फत हुन नसकेको र अबको दुई महिनामा मात्रै शेयर कारोबार पूर्णरूपमा अनलाइनमा हुने स्टक एक्स्चेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिनुभयो । ‘डाटा सेन्टर’ तयारीका लागि थप समय लाग्ने भएकाले पूर्णरूपमा अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याउन समस्या भएको र परीक्षणको रूपमा ‘मोक टे«डिङ’ मात्रै शुरु भएको उहाँले बताउनुभयो । परीक्षण गर्न कम्तिमा डेढ महिना लाग्ने देखिएको छ । स्टक एक्सचेञ्जले शेयर दलाल कम्पनीलाई पनि टाडा सेन्टर बनाउन निर्देशन दिएको छ । दलाल कम्पनीले आफ्नै डाटा सेन्टर तयार गर्नसक्ने वा सामूहिक रूपमा पनि तयार गर्नसक्नेछन् । आजदेखि लगानीकर्तालाई अनलाईन कारोबारमा अभ्यस्त बनाउन लागिएको स्टक एक्सचेञ्चले जनाएको छ ।

Facebook Comments
अर्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *