पुननिर्माण भएको महिना दिन पनि नबित्दै पानी चुहिन थालेपछि साँखुका दुई मन्दिर मर्मत

भाद्र २८ –  पुननिर्माण भएको महिना दिन पनि नबित्दै पानी चुहिन थालेपछि काठमाडौं साँखुका दुई मन्दिर मर्मत गरिएको छ । निर्माण कम्पनी गुप्ती गणेश कन्स्ट्रक्सनले शङ्करापुर नगरपालिका ७ साल्खा टोलमा रहेको कृष्ण मन्दिर मर्मत सम्पन्न गरेको छ । वडा नम्बर ६ मा रहेको नारायण मन्दिरको मर्मत गरिँदैछ । कृष्ण मन्दिरको सम्पूर्ण मर्मत सकिए पनि नारायण मन्दिरको छानो छाउने काम भइरहेको स्थानीय पवन श्रेष्ठले जानकारी दिनुभयो । भूकम्पले भत्किएपछि पुननिर्माण गरेको कृष्ण मन्दिर र नारायण मन्दिरमा पानी चुहिएको हो । ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण लिच्छवीकालीन मन्दिर पुनर्निर्माणमा निर्माण कम्पनी गुप्ती गणेश कन्स्ट्रक्सनले लापरवाही गरेको भन्दै स्थानीयले विरोध समेत गरेका थिए ।

Facebook Comments
ब्यानर, सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *