मंसिर २५-  काठमाडौंको दक्षिण–पश्चिमी क्षेत्रमा प्रत्येक वर्ष मनाइने सात गाउँले जात्राका लागि आज बेलुका देवीको मूर्ति आशन बाहिर ल्याइदैछ । आज बेलुका विष्णुदेवी र इन्द्रायणी देवीहरुलाई आशनबाट निकालेर परम्परागत ढकीमा राखेर पूजा गरिन्छ । ६ दिन अगाडि नेवाः बस्तीहरुमा प्रमुख पुजारीहरुको घर–घरमा जात्राका लागि बनाइएको घ्याम्पोमा पूजा गरेर देवी स्थानमा राखिएको थियो । सातगाउँले भनिए पनि यो जात्रा कीर्तिपुर, पांगा, नगाउँ, सतुंगल, बोसीगाउँ, नैकाप, लोहँकोट, टौखेल, तीनथाना र मच्छेगाउँ लगायतका नेवाः बस्तीहरुमा मनाउने गरिएको छ ।

Facebook Comments
HERITAGE/CULTURE

Leave a Reply

Your email address will not be published. Required fields are marked *