सेतो मच्छिन्द्रनाथको महास्नानको तयारी शुरु

पुस २८ उपत्यकाका चार लोकेश्वर मध्ये काठमाडौंको सेतो मच्छिन्द्रनाथको महास्नानको तयारी शुरु भएको छ । महास्नानको लागि तयारी स्वरुप तान्त्रिक साधना गर्ने, धार्मिक विधिंबाट नीचि लिने काम भएको पुजारी स्वयम्भू बज्राचार्यले बताउनु भयो । मच्छिन्द्रनाथको नीचि लिने काम भए देखि एक दिन विराएर विशेष पूजा भइरहेको बज्राचार्यले बताउनु भयो । सेतो मच्छिन्द्रनाथको महास्नान आँउदो अष्टमी ३० गते हुँदैछ । शोभाभगवतीमा रहेको निर्मल तीर्थबाट जल ल्याएर अभिषेक पूजा गरेर मच्छिन्द्रनाथलाई महास्नान गरिनेछ ।

Facebook Comments
सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *