पछिल्लो समय शान्ति, सुरक्षाको अवस्था अत्यन्तै नाजुक:  राष्ट्रिय मानव अधिकार आयोग

साउन २३ – राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले मुलुकमा पछिल्लो समय शान्ति, सुरक्षाको अवस्था अत्यन्तै नाजुक रहेको बताउनुभएको छ । पछिल्लो समय अपराधका घट्नाहरु जताततै घटिरहेका भन्दै उहाले जनताले शान्ति, सुरक्षाको अनुभुति गर्न नसकेको बताउनुभयो । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाले आयोगमा पछिल्लो समय हत्या, हिंसा र बलात्कारजस्ता आपराधिक घट्नाका उजुरीहरु बढेको पनि जानकारी दिनुभयो । आपराधिक घट्नाको अनुशन्धानमा खटिने प्रहरी अधिकृतहरुलाई पर्याप्त उपकरणसहित विशेष तालिमको व्यवस्था गर्नुपर्नेमा उहाले बताउनुभयो । पाठकले सम्बन्धित निकायले बलात्कारको घट्नामा मिलापत्रको लागि दबाब दिनु गलत भएको भन्दै यस्तो गलत दबाब दिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने धारणा समेत राख्नुभयो । त्यस्तै उहाले कञ्चनपुरमा बालिकाको बलात्कारपछि हत्या भएको घट्नाको पनि आयोगले क्षेत्रीय कार्यालयमार्फत अनुशन्धान गरिरहेको जानकारी दिनुभयो । त्यस्तै कांग्रेसकी नेतृ डिला संग्रौलाले सरकारको दरिलो उपस्थिति नहुँदा र भरपर्दो शान्ति, सुरक्षाको व्यवस्था गर्न नसक्दा बलात्कारजस्तो जघन्य अपराध र सामाजिक अपराधका घट्नाहरु बढिरहेको बताउनुभयो । सांसद संग्रौलाले पितृसात्मक सोचका कारण पुरुषहरुले महिलाहरुलाई वस्तुको रुपमा लिएकोले बलात्कार लगायतका महिला हिंसाका घट्नाहरु घटिरहेको बताउनुभयो ।

साक्षात्कारमा नेपाल बार एशोसिएशनकी उपाध्यक्ष एवम् बरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले बलात्कारका घट्नामा संलग्न दोषीलाई आजिवन जेल सजाय दिनुपर्ने बताउनुभयो । बलात्कारमा संलग्न दोषीहरुलाई मृत्युदण्ड दिने कि भन्नेबारे अहिले बहस सुरु भएपनि संविधानामा त्यस्तो व्यवस्था नभएकोले अहिले मृत्युदण्ड दिन नमिल्ने उहाको भनाई छ ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *