हत्या अभियोगमा फरार सन्जोग मल्ल ठकुरी तीन वर्षपछि पक्राउ

साउन १० – हत्या अभियोगमा भक्तपुर जिल्ला अदालतले दोषी ठहर गरि फरार भएका सन्जोग मल्ल ठकुरी तीन वर्षपछि पक्राउ परेका छन् । २०७२ असार २२ गते चाँगुनारायण नगरपालिकाका ३ का ७० वर्षका गौतम हमालको हत्यामा दोषी ठहर भएका २४ वर्षका ठकुरीलाई महानगरीय प्रहरी परिसर भक्तपुरले उनकै घरबाट पक्राऊ गरेको प्रहरी नायब उपरीक्षक रेवती रमन पोखरेलले जानकारी दिनुभयो । उनलाई डिल्लीबजार कारागार चलान गरिएको उहाँले बताउनुभयो ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *