सेतो कपडामा राखिने नीर मिठाइमा प्रयोग

असोज १७ –  काठमाण्डूको बानेश्वरमा रहेको एउटा पसलमा मिठाइमा हाइड्रो–१ नामको अखाद्य वस्तु मिसावट भएको भेटिएको छ । अनुगमनका क्रममा सेतो कपडामा प्रयोग गरिने वस्तु (नीर) मिठाइमा प्रयोग भएको भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । काठमाण्डूको बानेश्वरमा सङ्गम शर्माले सञ्चालन गरेको सङ्गम स्विट्स एण्ड स्न्याक्स प्रालिको मिलन चोक गोदाममा यो पाउडर भेटिएपछि शर्मालाई खाद्य ऐन २०२३ र नियमावली २०२७ अनुसार कानूनी कारवाहीका लागि प्रक्रिया अघि बढाइएको खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले जानकारी दिनुभयो । खाद्यान्नमा अखाद्य वस्तु मिसावट गरेको प्रमाण फेला परेमा ऐन र नियमावलीमा कम्तीमा पाँच वर्ष कैद वा पचास हजार रुपैयाँ जरिवाना वा दुवै सजायको व्यवस्था छ ।

Facebook Comments
ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *