सानेपा हाइटमा कारले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

पुस ७ –  नम्बर नखुलेको कारले ठक्कर दिँदा ललितपुरको सानेपामा एक जनाको ज्यान गएको छ । गएराती १० बजे सानेपा हाइटमा कारले ठक्कर दिँदा पैदलयात्री सानेपा हाइट बस्ने दोलखा मलेंगुु गाउँपलिका ६ कात्तिके घर भएकी ३० बर्षीया विमला ठकुरीको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ । कारको ठक्करबाट गम्भिर घाइते हुनुभएकी विमलाको उपचारका क्रममा स्टार अस्पताल सानेपामा ज्यान गएको हो । ठक्कर दिने कार र चालकको खोजी भइरहेको प्रहरीको भनाई छ ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *