साउन २६ – तीन दशकदेखि निष्ठा र समर्पणका साथ संगीत तथा गायन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सम्वाद क्लब नेपालले वरिष्ठ संगितकार तथा गायक  सुदर्शन राजोपाध्याय् यसराजलाई सम्मान गरेको छ । शनिबार काठमाडौंको प्रज्ञन भवनमा विशेष कार्यक्रमको आयोजना गरि उक्त संस्थाले आफ्नो १५ वार्षिकोत्सवको अवसरमा संगितकार  राजोपाध्याय् सहित अन्यलाई  सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका परराष्टमन्त्री प्रदीप कुमार ज्ञवालीले उहाँहरुलाई सम्मान गर्नु भएको हो ।

सम्मान पत्रमा उल्लेख गरिएको छ, ‘तपाई विगत तीन दशकदेखि अत्यन्त निष्ठा र समर्पणका साथ संगीत तथा गायनको क्षेत्रमा सक्रिय हुनुहुन्छ । कला र संस्कृतिको जगेर्ना गर्ने उदेश्यले अाफ्नो संगीत र गायनको क्षेत्रबाट राष्टिय तथा अन्तरराष्टिय क्षेत्रमा निरन्तर लागि रहनु भएका तपार्इ एकल स्वर तथा संगीतवद्व पल पल २०५८, पानी  सरी २०६२,  त्याे रात २०७३  नामक एल्बम समेत निकाली सक्नु भएको छ । साथै विभिन्न सामाजिक संघसंस्थाहरूमा अाबद्व रही यहाँले अाफ्नो कार्य क्षेत्रबाट मुलुकको कला , संस्कृति तथा सामाजिक मूल्यांकन गर्दै सम्वाद क्लब नेपालको १५ अाैं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको विशेष समारोहमा यहाँलाई वरिष्ठ संगितकार सम्मान २०७५ प्रदान गरिएको छ।’

विकास , समृद्वि र सुशासनका लागि सहमति र सहकार्य अाजको अावश्यकता भन्ने मूल नारा लिएर भन्ने मूल नाराका साथ अायाेजना गरेको कार्यक्रममा  विकास निर्माणमा संचार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया पनि भएको थियो।

 

Facebook Comments
मनोरञ्जन

One thought on “वरिष्ठ संगितकार सम्मान २०७५ बाट संगितकार सुदर्शन राजोपाध्याय् सम्मानित

Leave a Reply

Your email address will not be published. Required fields are marked *