भारत व रुसबिच मिसाइल रक्षा प्रणाली किनबेच सहमतिमा हस्ताक्षर

असोज २०- भारतले रुससँग मिसाइल रक्षा प्रणाली किन्ने सहमतिमा हस्ताक्षर गरेको छ । दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पाँच अर्ब डलरको सम्झौता भएको घोषणा गर्नुभएको हो । एस–४०० विश्वमा नै उन्नत मिसाइल रक्षा प्रणाली मानिन्छ  यसले ४०० किलोमिटर परसम्म एकैचोटि ८० वटा निशानामा मार हान्न सक्ने बिबिसीले जनाएको छ ।

Facebook Comments
अन्तरार्ष्ट्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *