रुसले साइबर आक्रमण गरेको आरोप

असोज १९ – पश्चिमा देशले रुसले साइबर आक्रमण गरेको आरोप लगाएका छन् । रुसको सैन्य गुप्तचर विभागले विश्वभर कयौं साइबर आक्रमण गरेको अमेरिका, बेलायत, नेदरल्यान्ड्स, क्यानडालगायत पश्चिमा देशको आरोप छ । अमेरिकाले रुसी निशानामा फिफा, वल्र्ड एन्टी–डोपिङ एजेन्सी र एक परमाणु कम्पनी परेको दावी गरेको छ । बेलायतले पनि चार ठूला साइबर हमलामा रुसी गुप्तचर एजेन्सीको हात भएको आरोप लगाएको छ । त्यसैगरी क्यानडाले रुसी गुप्तचर एजेन्सीको निशानामा सेन्टर फर एथिक्स इन स्पोट्र्स र वल्र्ड एन्टी डोपिङ एजेन्सी परेको दावी गरेको छ । तर रुसी सरकारले पश्चिमा देशले लगाएको आरोप अस्विकार गरेको छ । रुसले विज्ञप्ति निकाल्दै आफूहरुविरुद्ध योजनावद्ध तरिकाले दुष्प्रचार गरिएको दाबी गरेको विविसीले जनाएको छ ।

Facebook Comments
अन्तरार्ष्ट्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *