दोस्रो जोडी गैँडा साउन मसान्तमा चीन पठाउने

साउन १९ – चीन सरकारलाई उपहारस्वरुप दोस्रो जोडी गैँडा साउन मसान्तमा पठाउने तयारी भएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार चिनियाँ अधिकारीले साउन ३१ गते गैँडा लैजान तयारी थालेको बताउनुभयो । चिनियाँ पक्षले अहिले गैँडा बोक्न ढुवानी जहाजको प्रबन्ध र विमानस्थलमा अनुमति लिने काम गरिरहेको छ । यसअघि असार २८ गते एक जोडी गैँडा चीन पठाइएको थियो । दोस्रो जोडी गैँडामध्ये एकदेखि डेढ वर्ष उमेरको भालेको नाम “सोल्टी” र डेढदेखि दुई वर्षको पोथीको नाम “मितिनी” राखिएको छ । अप्ठ्यारो बाटो भएकाले साउन २९ गते नै गैँडा काठमाण्डु ल्याइने तयारी भएको छ ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *