बैक तथा वित्तीय सँस्थाले अाज राष्ट्र बैंकलाई ऋण दिदै

कार्तिक २९ – नेपाल राष्ट्र बैंकले आज ५ अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्दैछ । बैंकहरुमा तरलता अभाव रहेको चर्चा चलिरहेका बेला, तरलता बढी भएका बेला जारी गरिने रिभर्स रिपो जारी गर्न लागेको हो । रिभर्स रिपो मार्फत केन्द्रिय बैंकले तरलता प्रशोचन गर्छ । रिभर्स रिपोमा बैक तथा वित्तीय सँस्थाले राष्ट्र बैंकलाई ऋण दिन्छन् । यतिबेला धेरैजसो बैंकहरुको निक्षेप तथा कर्जा बीचको अनुपात अर्थात सीसीडी रेसियो ८० प्रतिशत नजिक पुगेको अवस्थामा रिभर्स रिपो जारी गर्न लागेको हो । यो रिभर्स रिपो एक हप्तामा परिपक्व हुने राष्ट्र बैकले जनाएको छ ।

Facebook Comments
अर्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *