भाद्र २५ – निर्मला पन्त हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिका सदस्य बीरेन्द्र बहादुर केसीले राजीनामा दिनुभएको छ । प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव रहेका केसीले सोमबार काठमाडौंमापत्रकार सम्मेलन गर्दै समितिको सदस्यबाट राजीनामा दिएको जानकारी दिनुभयो । केसीले छानबिनबारे थप भएको म्यादमा असन्तुष्टि जनाउदै समितिमा बसेर काम नगर्ने बताउनुभयो । केसीले गृहमन्त्रालयका सह–सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित पाँच सस्यीय उच्चस्तरीय छानविन समितिको छानबिनमा भने आफ्नो कुनै असन्तुष्टि नरहेको स्पष्ट पार्नुभयो । वास्तविक अपराधी पहिचान गरी न्यायिक कठघरामा उभ्याईनेमा आफू पहिले विश्वस्त रहेको सुनाउँदै उहाले अहिले भने अपराधीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाउनुभयो ।

घट्नाको छानबिनको क्रममा सत्य, तथ्य प्राप्त गर्ने र मुख्य अपराधी पत्ता लगाउन लागीपर्ने अठोटसँगै उहाले आफू क्रियाशील रहँदा ज्यान जोखिममा रहेको भन्दै जीवन रक्षाको लागि सहयोग गरिदिन हार्दिक आग्रह गर्नुभएको छ ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *