साउन ८ – रोजगारीका लागि साउदी अरब पुगेर बन्धक बनाईएका १४ नेपाली श्रमिकलाई उद्धार गरी स्वदेश ल्याइएको छ ।  उनीहरुलाई साउदीस्थीत नेपाली दुतावास र केहि नेपाली समाजसेवीको पहलमा उद्धार गरि मंगलबार काठमाडौ ल्याईएको हो । दुईबर्षको वर्क पर्मिटमा साउदी पुगेका उनीहरुलाई तोकेको अवधी सकिएपनि कामदार कम्पनीले बन्धक बनाई काम गराईरहेको थियो । उद्धार गरि स्वदेश फर्किएकाहरुमा धनकुटा निवासी राजन पुवार मगर , धनकुटाकै ढकेश वस्नेत , डडेलधुराका गंगाराम पनेरु , महोत्तरीका सञ्जिव चमार, अनिल शाह र वीरेन्द्र महतो, नुवाकोटका राज तामाङ र बुद्ध तामाङ्, सल्यानका भरत गिरी र अशोक गिरी, लमजुङ्का देवराज अधिकारी , रौतहटका धीरेन्द्र शाहनी, सर्लाहीका राजीव शाह, र तनहुँका अञ्जन परियार छन् ।

वैदेशिक रोजगारीको शिलशिलामा ती श्रमिक साउदी अरबस्थित मोसल्ट फाउण्डेसनमा काम गर्दै आइरहेको थिए । कम्पनीमा कुनैपनि सेवा सुविधा नभएको र विरामी हुँदा उपचारका लागि कुनै चासो नदेखाएको स्वदेश फर्किएका टोलीका राज तामाङले बताउनुभयो । उद्धार गरिएका १४ जनालाई नै बसुन्धरास्थित ग्लोबल राईजिङ् प्लेसमेन्टले श्रमिकहरुलाई साउदीको मोसल्ट फाउण्डेसन कम्पनीमा पठाएको बुझिएको छ ।

Facebook Comments
देश बाहिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *