सतर्कता केन्द्रको प्रतिवेदनप्रति स्वरोजगार कोषको आपत्ती

कार्तिक १६ – लगानी असुली , पदपूर्ति , अनुगमन समिति लगाएतका बिषयमा राष्ट्रिय सतर्कता केन्द्रले तयार पारेको प्रतिवेदनप्रति युवा तथा साना व्यवसायी स्वरोजगार कोषले आपत्ती जनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे कोषले उद्देश्य र लक्षित कार्यक्रम अनुसार नै लगानी गरे÷नगरेको अनुगमन र कर्जा भूक्तानीका लागि समेत ताकेता गरिरहेको भन्दै सतर्कता केन्द्रले तयार पारेको प्रतिवेदनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । यसअघि सतर्कता केन्द्रले सुन व्यवसायी , वस तथा ट्याक्सि व्यवसाय , होलसेल व्यापार आदीमा कोषले लगानी गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । पत्रकार सम्मेलनमा कोषका कार्यकारी निर्देशक डाक्टर विष्णुप्रसाद गौतमले सतर्कता केन्द्रले कोषका कुनै पनि जिम्मेवार पदाधिकारीसंग छलफल नै नगरि प्रतिवेदन तयार रहेको आरोप लगाउनुभयो । उहाले भाखा नाघेको कर्जा नतिर्नेलाई अचल सम्पत्ति रोक्का गर्ने, सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने, कालोसूचीमा राख्ने र पासपोर्ट रोक्का गर्नेलगायत कानूनी कारवाही गर्ने तयारी गरेको जानकारी दिनुभयो । गौतमले कोषको भाखा नाघेको कर्जा उठन बाँकी रु २७ करोड पाँच लाख ६४ हजार ५७९ रहेको जानकारी दिनुभयो । युवालाई स्वरोजगार बन्न तथा उद्यमशीलतालाई दिगो र सफल बनाउन आवश्यक व्यावसायिक तालीम निःशुल्क प्रदान गर्ने, स्वरोजगार बन्न आवश्यक पूँजी उपलब्ध गराउन कोष सक्रिय रहेको उहाले बताउनुभयो ।

कोषले हालसम्म रु तीन अर्ब ५९ करोड ३१ लाख ३३ हजार ८ सय ९६ लगानी गरेको जनाएको छ । त्यसमध्ये रु चार अरब २२ करोड सात लाख ४१ हजार १ सय ४ लगानीमा रहेको छ । नेपालका १८ देखि ५० वर्षका बेरोजगार युवालाई स्वरोजगार बनाउनका लागी सरकारले २०६५ सालमा कोषको स्थापना गरेको हो ।

Facebook Comments
अर्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *