पुस ३० – गृहमन्त्री राम वहादुर थापा बादलले सांस्कृतिक धरोहरहरुको पुनःनिर्माण कार्यमा अव ढिलाई नहुने बताउनुभएको छ ।  सोमबार काठमाडौको स्वयम्भूमा महाभूकम्पबाट पूर्णक्षतीग्रस्त पुजारी आवासगृह तथा बिहारहरुको पूननिर्माणको शिल्यानाश गर्दे गृहमन्त्री बादलले सांस्कृतिक धरोहरहरुको पुनःनिर्माणलाई प्राथमिकता दिइने र कुनै विलम्ब गर्न नदिइने बताउनुभयो । उहाले सरकारले पुनःनिर्माणको कार्यलाई बिशेष ध्यान दिएको उल्लेख गर्दे उहाले ढिलाई भएका पुननिर्माणका कार्य पनि अव तिब्र रुपमा अघि बढ्ने जिकिर गर्नुभयो । उहाले पुनःनिर्माण कार्यलाई तिव्रता दिन पुननिर्माण प्राधिकरणलाई आवश्यक निर्देशन दिईने जानकारी दिनुभयो । अहिले राज्यले समृद्ध नेपाल र सुखि नेपाली निर्माण गर्ने लक्ष्य लिएको र त्यसमा सरकार गम्भीर रहेको उहाको भनाइ छ । उहाले राज्यले लिएको लक्ष्य देश र जनताका लागी नै रहेको भन्दै यसलाइ पुरा गरेरै छाड्ने प्रतिवद्धता पनि जनाउनुभयो । रु १८ करोडको लागतमा १८ वटा भवन विहार एक वर्षभित्र पुनःनिर्माण गरिसक्ने लक्ष्य लिइएको स्वयम्भू पुनःनिर्माण उपभोक्ता समिति र स्वयम्भू पुनःनिर्माण समितिले जनाएको छ ।

Facebook Comments
HOMELAND

Leave a Reply

Your email address will not be published. Required fields are marked *