सन्दर्भ रानीपोखरी पुनर्निर्माण

पृष्ठभूमि : मल्लकालीन ऐतिहासिक एक धरोहरको रूपमा काठमाडौंमा रहेको रानीपोखरी विक्रम संवत् १७२५ आश्विन २८ गते शुक्लपक्ष सोमबारको दिन तत्कालीन राजा प्रताप मल्लले बनाएका थिए । यो ऐतिहासिक पोखरी बनाउन ५० भन्दा बढी देश तथा विभिन्न विदेशका तीर्थस्थलको पानी राखिएको थियो । ३४९ बर्ष अगाडि बनेको भए पनि रानीपोखरीको दृश्य रमणीय नै थियो र पोखरीको पानी पनि केहि सुकेको भए पनि यथावतै थियो । तर २०७२ साल वैशाख १२ गतेको भूकम्पले गर्दा पूर्ण रूपमा क्षति हुन गयो विशेष गरी त्यहाँ अवस्थित  गौरीशङ्कर महादेव मन्दिरको धेरै क्षति हुन पुग्यो । तर रानीपोखरीको पानी सुकेको थिएन । २०७२ वैशाख १२ को भुइँचालोले क्षति पु-याएको रानीपोखरीलाई २०७३ को तिहारसम्म निर्माण सम्पन्न गर्ने  गरी महानगरपालिकाले काम अघि बढाएको थियो । पुनर्निर्माणको शिलान्यास राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ माघ २ गते गरेकी थिइन् । चुना, सुर्कीजस्ता परम्परागत निर्माण सामग्रीको सट्टा रड, सिमेन्ट प्रयोग हुन थाले पछि व्यापक विरोध भएको थियो । विरोधपछि पुरातत्त्व विभागले निर्माण रोकिदिएको थियो । (पुस १२, २०७४ कान्तिपुर) । पुरानो शैली र कलाकौशल विपरीत सिमेन्ट र कन्क्रीटले बनाउन शुरू गरिएको हुँदा पटक पटक पुरातत्त्व विभाग र जनमतबाट विरोध भई नै रहेको थियो । तीब्र गतिमा पुनर्निर्माण शुरू गरिए सँगै विरोध पनि तीब्र भएको कारण का म न पा ले हाललाई निर्माण कार्य पूर्ण रुपमा स्थगन गर्नपरेकोछ  र १५ सदस्यीय समिति बनाई १५ दिनभित्र सुझाव दिने गरी एक उच्च समिति गठन गरिएको थियो ।

अहिलेको शैलीमा पुनर्निर्माण गर्दा रानीपोखरीको प्राचीनता, इतिहास, संस्कृति र सम्पदा नासिने भन्दै पुरातत्त्व विद्हरूले आपत्ति जनाउँदै आएका छन् । ‘ सम्पदा पुनर्निर्माण भनेको विनाश होइन, प्राचीन सीप विनाश गर्नु होइन, ’ पुरातत्त्वविद् सुदर्शनराज तिवारील भने , ‘ आधुनिक निर्माण सामग्री बलिया हुन्छन् भनेर भ्रम छरिएको छ । (पुष १२, २०७४ कान्तिपुर)

पुरानो कला र तकनिकी : अब पुरानो शैली अनुसार नै बनाउन निंति कतिको संभव छ ? किनकि दक्ष जनशक्तिनै छैन । काठमाडौँ महानगर पालिकाको गुनासो पनि त्यहि हो ।  ऐतिहासिक महत्वको मात्र कुरा हैन परंपरागात प्रविधि तकनीकीको ( Traditional Technology ) पनि महत्व छ । रानीपोखरीँ बनेको ३५० बर्ष भन्दा बढी भई सक्यो । त्यस बेला देखि हाल सम्म पनि पोखरी कै रुपमा रह्यो । अर्थात् पानीको सतह केही कमी भएकोले एक दुई पटक दमकलले थप्नु पर्ने बाहेक पानी कहिल्यै सुकेन । ३५० बर्ष सम्म पनि यथावतनै रह्यो । पोखरीमा पानी जम्मा गर्ने र ढुड्गे धारामा अविरल रूपमा सयौँ बर्ष अझ हजारौँ बर्ष देखि आज सम्म पनि पानी बग्ने व्यवस्थित गर्ने परंपरागत प्रविधि तकनिकी आजको २१ शौं शताब्दीमा समेत ईन्जीनीयर, टेक्नोलजीष्ट र साइन्टीष्टहरुले पत्ता लगाउन सकेका छैन । अड्कल बाजी विभिन्न किसिमले गरेता पनि सत्यतथ्य पत्ता लगाउन सकेको छैन ।

पोखरी भन्ने बित्तिकै पानी जम्मा गर्ने प्रविधि आवश्यक हुन्छ किनकि बर्षायाममा त पानी भरिन्छ सुखायाममा सुक्छ । सँधै पोखरीकै रुपमा पानी भरी राख्ने बिधिका निंति बिभिन्न अड्कल बाजी प्रकाशमा आए अनुसार पवित्रताको लागि वा तीर्थस्थलकै रुपमा अनन्तसम्म कायम गर्नका लागि ५० भन्दा बढी तीर्थस्थलबाट जल भरिएको थियो । त्यस्तै ६,५०० भारि पानी बागमतिबाट ल्याई भरिएको थियो । कुनै सुत्र पत्ता नलागेपनि अनुमान अनुसार रानीपोखरीमा पानी जमाउन कम्तीमा ७ वटा ईनार रहेको हुनु पर्ने  अनुमान छ । अन्तमा पानीको स्रोतको निंति सुन्दरीजलबाट नहर बनाई रानीपोखरी सम्म ल्याइएको थियो भन्ने पनि अनुमान छ। यसरी बिभिन्न अडकल बाजी गरेतापनि सत्यतथ्य कसैलाई थाहा भएको छैन ।

अड्कल र अनुमानकै भरमा वा किंवदन्तिको कुरा गर्ने हो भने निम्न लिखित प्रविधिअनुसार ढुङ्गे धारा र पोखरीमा निरत्तर पानी बगिरहने तथा पानी जम्मा भइरहने यो एक परंपरागत प्रविधि वा तकनिकी मान्न सकिन्छ ।

एउटा ढुङ्गेधाराको निंति कम्तीमा पनि ७ वटा ईनार ढुङ्गेधारा अवस्थित हुने ठाँउभन्दा उँचो ठाँउमा बनाउने गर्दछ । ईनारमा पानी भर्दै जाँदा एक सिमित सतहमा पुगेपछि पानीको श्रोतलाई नहर बनाई ७ वटा ईनारको पानी एकै नहरमा मिसाइ ढुङ्गेधारामा पुर्याउँछ जसबाट पानीको चाप कहिले कम र कहिले बढी भएपनि ढुङगेधारा कहिल्यै सुक्दैन ।

काठमाडौंमा अवस्थित सुनधाराको प्रविधि भने बेग्लै छ । सुनधाराको पानी सुकेको मूल कारण काठमाडौं मलको निर्माण हो । यस मलको जग खन्दै गर्दा सुनधाराको मुहान सुक्दै गएको हो । मलको जग खन्दै गर्दा त्यहाँबाट माटो निस्कनुको सत्ता पूरै बालुवा मात्र निस्केको थियो । खन्दै जाँदा विभिन्न तह तहमा ठूलो मसीनो गरी पुरै बालुवा मात्र निस्केको थियो र खन्दैगर्दा जम्दै आएको पानी सुकाउन ३ वा ४ वटा ठूलै पम्प एकै पटकमा चलाएर पानी फ्याक्नु परेको थियो । अन्तत: सुनधाराको पानी कम हुँदै पछि पूरै सुक्यो ।

बालाजुको बाईसधाराको प्रविधि फेरि बेग्लै छ । यहाँ सुन्दरिजलबाट नहर बनाई सिधै बाइसधारामा अबिरल हाल सम्म पनि पानी आउने गरि बनाइएको भन्ने किवदन्ति छ । सायद पानी एकनासले बग्नको निंति माथिल्लो उँचो भागमा रिजर्भ्वाएर बनाइएको हुनु पर्दछ ।

पोखरी साधारण तया प्राकृतिक र मानव निर्मित दुई किसिमका हुन्छन । यी मध्य रानीपोखरी मानव निर्मित पोखरीको मान्न सकिन्छ । यसका निंति बिभिन्न प्रविधि प्रयोग गरिएका हुन्छन । यस्को निर्कोल नै नगरी पुनर्निर्माणको नाउँमा भटाभट भट्काइयो पानी सुकाइयो  अब समस्या श्रृजना भएको छ ।  यसलाई फेरि पहिल्येकै अवस्थामा रानीपोखरी अर्थात् अनन्तकालका निंति पोखरीकै रुपमा कसरी स्थापित गर्ने यो चुनौतिको रुपमा रहेको छ ।

ऐतिहासिक महत्वका सम्पदा आधुनिक किसिमले सिमेन्ट र कंक्रीटले बनाउनुको कुनै अर्थ र तुक छैन । नयाँ नयाँ प्रविधि अनुसार संसारमा थुप्रै अनौथो किसिमका संरचनाहरु बनाईएका अनगिन्ति छन् । त्यसैले कंक्रीट र सिमेन्टबाट नेपालको ऐतिहासिक सम्पदा पुनर्निर्माण गर्ने हो भने केहि अर्थ लाग्दैन । पुरानै ऐतिहासिक संरचनाबाट रानीपोखरी पुनर्निर्माण गर्दा अवश्य पनि समय र खर्च बढी लाग्छ तर पनि नेपालको पुरानो परम्परागत सम्पदा, कला र कौशललाई जोगाई राख्नु छ,  नेपालको ऐतिहासिक महत्त्व यथावत राख्नु छ र पर्यतकहरु भित्र्याउनु छ भने पुरानै मल्लकालीन शैली अनुसार बनाउने बाहेक अरु बिकल्प छैन ।

पानी भरेर पोखरीलाई सांस्कृतिक रूपले जीवित बनाउनु चुनौती अवश्य छ  । संस्कृतिकर्मी,  इतिहासविद्ले पहिलेकै स्वरुपमा उही विधि प्रयोग गरेर बनाउनुपर्ने माग गर्दै आएका छन् । रानीपोखरीलाई पुरानै स्वरुपमा फर्काउने भनेपछि पानीको स्रोत र आपूर्ति प्रणाली कसरी व्यवस्थापन गरिन्छ यो ठूलो चुनौतिको विषय हुन गएको छ ।

थप अध्ययन गर्नुपर्ने विषयमा पानीको स्रोत र निकास प्रणाली मुख्य छ। रानीपोखरीमा ७ वटा कुवा छ भनिँदै आएको छ। यसको खोजी गरी त्यसबाट पानी आपूर्ति हुन सक्ने वा नसक्ने निर्क्यौल गरिनुपर्ने गठित समितिले औँल्याएको छ। बर्षाको पानीबाट मात्र पोखरी भरिन्छ कि थप स्रोत खोज्नुपर्छ भनी अध्ययन गर्नुपर्ने समितिले भनेको छ।

समितिले रानीपोखरीको पश्चिमपट्टि खन्दा करिब साढे तीन फिट गहिराइमै पानी फेला परेको थियो। पानी उम्रिएको भाग सडकको सतहभन्दा करिब १९ फिटमुनि छ। त्यही ठाउँमा कालो माटो र बालुवाको तह फेला परेको छ। ती आपसमा खप्टिएर ६ तह बनेका छन्। ‘पोखरीमा सुरूमा बालुवाको तह रहेछ, त्यसपछि कालोमाटो, फेरि बालुवा, अनि फेरि कालोमाटो गरी चार तह रहेको पाइएको थियो, समितिका बिज्ञको अनुसार ‘उपत्यकाका अन्य पोखरीमा जुन प्राचीन शैलीले निर्माण गरिएको पाईएको थियो, रानीपोखरीमा पनि त्यही शैली पाईएको थियो ।’

‘ पानी आएछ,  विज्ञ समिति सदस्य पुरातत्त्वविद् सुदर्शन राज तिवारीले भने । विज्ञ टोली पोखरीको पश्चिमतिर गयो । त्यहाँ  छेउमा पानी रसाइराखेको थियो ।  तीनचार लेयर छन् यहाँ पोखरीको उतर पश्चिम कुनातिर देखाउँदै तिवारीले भने  यति पानीले पनि पोखरी भरिन सक्छ । यो प्राकृतिक मुहान हो । प्रताप मल्लले बनाउदाँ काठमाडौँमा पानीको श्रोत इखापोखरी मात्रै थियो । (दामोदर न्यौपाने  पुष १९ २०७४ कान्तिपुर)

गौरीशङ्कर मन्दिरको स्वरुप विभिन्न समयक्रममा फेरिएको छ। विक्रम सम्बत् १८९० को भुइँचालोपछि रानीपोखरी मन्दिर पहिलो पुनर्निर्माण भएको थियो। त्यतिबेला ग्रन्थकुट शैलीमै बन्यो। १९५१ मा जङ्गबहादुर राणाले युरोपेली मुगल प्रभावमा परेर ‘गुम्बज’ शैली दिए। ९० सालको भुइँचालोपछि जुद्धशमशेरले यही रुपमा पुनर्निर्माण गराए।  (सेतोपाटी संवाददाता, काठमाडौँ, माघ ३ ) विज्ञ समितिको सुझाव अनुसार गौरीशङ्कर मन्दिर ‘ग्रन्थकुट’ शिखर शैलीमा बनेको बताएको छ। सम्पदाविद् तथा आर्किटेक्ट इञ्जिनियरिङका प्राध्यापक सुदर्शनराज तिवारीका अनुसार ग्रन्थकुट शैलीमा मन्दिर बनाउने चलन मल्लकालमै सुरु भएको हो। यो राजा प्रताप मल्लको पालामा बढी लोकप्रिय भएको उनी बताउँछन्।

रानीपोखरीको पिँधमा कालो माटो भर्ने र भत्किएको मल्लकालीन पर्खाल उही स्वरुपमा बनाउन समितिले सिफारिस गरेको छ। समितिको सिफारिस कार्यान्वयन भए हामीले अहिलेसम्म रानीपोखरी बीचको मन्दिर जस्तो स्वरुपमा देख्दै आएका थियौँ, त्यस्तो स्वरुप देखिने छैन। यो ३ सय ५० वर्षअघिको मल्लकालीन स्वरुपमा फर्कनेछ, जसलाई ‘ग्रन्थकुट’ भनिन्छ।

निश्कर्ष: रानीपोखरी पुनरनिर्माण सन्दर्भमा निम्न निम्न तथ्य प्रष्ट हुन गएका छन् ।

१. पृथ्वीनारायण शाहले गोर्खा राज्य विस्तार गरेको होस् या नेपालको एकिकरण गरेको होस् आजसम्म आईपुग्दा हामीले सोच्नु पर्ने के छ भने यदि पृथ्वीनारायण शाहले एक विशाल राज्य नेपाल नबनाएको भए आज बाईसे चौबिसे राज्यहरुको अस्तित्व रहन्छ होला र ? हामीले नेपाल भनेर गौरव गर्ने ठाँउ होला र ? त्यस कारण पनि पृथ्वीनारायण शाहलाई ऐकिकरणको नायक नै मान्नु पर्ने हुन्छ ।

ऐकीकरण गरे पश्चात नेपालमा खासै मन्दिर, पाटी पौवा, कुवा, पोखरी, ढुँगेघारा, कला कौशलको नमूना संरचना कुनै पनि निर्माण भएन यसबाट के प्रष्ट हुन्छ भने पृथ्वीनारायण शाहले बनाउन रोक लगाए वा किंवदन्तिलाई मान्यता दिने हो भने कला कौशल भएकाहरुको हात काटे वा देश निकाला गरे ।

पृथ्वी नारायण शाहको शासन पश्चात ती शहरहरुमा विकास ठप्प भयो र सृजनशील दिमागहरू निमिट्यान्न पारेपछि ती शहरको जीवन्तता गुम्न थाल्यो र तत् पश्चात बेला बेलामा भुकम्प आएर ठूल्ठूला पुनर्निर्माणको खाँचो पर्यो, पुनर्निर्माणको निमित्त राज्यले मनग्य पैसा खर्च गरेता पनि ती शहरहरुको जीवन्तता फेरी कहिले फर्किएन । मौजुद बाइसी, चौबिसी, नेपाल उपत्यका राज्यको तुलनामा अति बिपन्न पिछडिएको र निर्धो राज्यमा गनिन्थ्यो गोर्खा । आमदानीको गतिलो स्रोत नभएको सानो राज्य । कहिले कान्तिपुर त कहिले खस साम्राज्यको पालै पालो अधिनस्त भएर स्वतन्त्र अस्तित्व निछोरिएको । (यादव देवकोटा, नागारिक २२ पुष २०७४)

२. पुरातत्त्व बिभागबाट राणाकालिनशैलिमा पुनर्निर्माण गर्नु पर्दछ भनी बिभिन्न निकायलाई चिठ्ठी लेखी पठाएको छ । (द राइजिङ नेपाल २६ माघ २०७४) यसबाट के प्रष्ट हुन आउँछ भने अब पुरातत्त्व शब्दको अर्थ पनि फेर्नुपर्ने देखिन्छ पुरातत्त्व भन्नाले मल्लकालिन ३९० बर्ष पहिलेकोलाई जनाउँछ कि राणाकालिन १२३ बर्ष पहिलेकोलाई जनाउँछ ? यस विषय पनि बहस चल्नु पर्ने देखिन्छ । पुरातत्त्व बिभाग परम्परागत पुरातात्विक संरचना नाश गर्न गठित हो कि संरक्षण गर्न गठित भन्ने नै प्रश्न चिन्न खडा भएको छ । १०० बर्ष भन्दा अघिका संरचनालाई पुरातात्त्विक भनेर परिभाषित गरिएको छ तर मल्कालिन संरचना देशको लागि बढी महत्व हुन्छ कि राणाकालीन ? पर्यतकहरु मल्लकालीन संरचना हेर्न आउँछ कि राणाकालिन ब्रीटिश मुगल शैलिको संरचना हेर्न आउँछ ? यो गहन विचारनिय विषय हुन गएको छ ।

३. वास्तवमा पृथ्वीनारायण शाहले कीर्तिपुरेहरुको नाक काटेकै हुन् भन्ने बिभिन्न समयका लेख रचना प्रमाण प्रस्तुत गरि डा. महेशराज पन्तले नागरिक पत्रिकामा “पृथ्वीनारायण शाह नायक कि प्रतिनायक” लेखमा कति जनाको? र कति हदसम्म भन्ने निर्कोल गर्न मात्र उल्लेख सकिंदैन भन्ने तर्क अगि सारेको छ । यस मध्य “ब्रायन हाउटन हाजसन (बि.सं. १८५८ – १९५१) को लागि लेखिएको टिपोटमा १२ बर्ष माथिका ८६५ जनाको र काटेको नाकको तौल १२ धार्नि १ सेर ६ तोला भयो भन्ने छ । (नागरिक २२ पुष २०७४)

डा. महेशराज पन्तको भनाइ अनुसार पृथ्वीनारायण शाहले वर्ग विशेषलाई क्षति पुग्यो होला भनेर अति सजिलो तरिकाले भन्नु भएको छ । (डा. महेशराज पन्त, नागरिक, २९ पौष २०७४) उहाँको सोच विचार अनुसार राजनैतिक वा ऐतिहासिक आँखाले हेर्दा ठीक होला तर एक अर्थविद् को आँखाले हेर्ने हो भने देशको परम्परागत प्रविधिनै नष्ट हुने कार्य गर्नु देशलाई नै विकासमा ठूलो क्षति पु-याउनु कदापि ठीक होईन अझ भन्नु पर्दा देशलाई ठूलो क्षति पु-याउनेलाई राष्ट द्रोहि सम्म भनिन्छ यस हिसाबले भन्ने हो भने पृथ्वीनारायण शाह एक प्रतिनायक नै मान्नु पर्ने हुन्छ। यस्तै किसिमको मुख्य मुख्य दोषहरुले गर्दानै पृथ्वीनारायण शाहको पाला देखि देश झन झन खट्किंदो, अविकसित हुँदै गईरहेको मूलत: पृथ्वीनारायण शाहले विजारोपन गरेको देशको लाभ बिपरित मानसिकता शाहकालमा पनि रह्यो, राणाकालमा पनि रह्यो, पञ्चायतिकालमा पनि रह्यो भने अहिले गणतन्त्र सम्म आई पुग्दा पनि त्यहि मानसिकता कायमै छ । जुन कुरा पुरात्तव बिभागको रानीपोखरी पुनरनिर्माण सम्वन्धी निर्णय र निर्देशले प्रष्ट्याई राखेको छ । यस्तै मानसिकता हुने हो भने गणतन्त्र व्यवस्था पनि आउँदो वर्षमा देश अग्रगामी दिशातिर जाने देखिंदैन ।

 

डा. अनूप श्रेष्ठाचार्य 

(लेखक  वरिष्ठ अर्थविद् हुनुहुन्छ)

Facebook Comments
ब्यानर, लेख/विचार

One thought on “सन्दर्भ रानीपोखरी पुनर्निर्माण

Leave a Reply

Your email address will not be published. Required fields are marked *