असोज २३ – नेकपाका सांसद रामवीर मानन्धरले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिनुभएको छ । मंगलबार काठमाडौंमा पत्रकार स्म्मेलन गर्दे मानन्धरले आफूले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिइसकेको र राजीनामा पार्टीले स्वीकृत गरेपछि संसद सचिवालयमा बुझाईने बताउनुभयो । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा चुनावमा मानन्धर काठमाडौं ७ बाट विजयी हुनुभएको थियो । पार्टीकै सचिवालय सदस्य वामदेव गौतमले प्रतिनिधिसभा सदस्य बन्ने इच्छा गरेपछि मानन्धरले राजीनामा दिनुभएको हो । उहाले बामदेव गौतम पुराना नेता भएको भन्दै पार्टी एकता गर्न भूमिका खेलेको नेता समेत भएकाले सांसदमा आउनु राम्रो हुने धारणा राख्नुभयो । अहिले राजनीतिक स्थायित्व चाहिएको भन्दै उहाले त्यसका लागी आधार चाहिने र आवश्यक मान्छेको खोजि हुनु स्वभाविक भएको टिप्पणी गर्नुभयो । उहाले राजीनामाका लागी आफुले कुनै सर्त नराखेको तर्क गर्दे पार्टीले जुन जिम्मेवारी दिएपनि स्वीकार गर्ने धारणा राख्नुभयो।मानन्धरले राजीनामा दिने घोषणा गरेसँगै नेता वामदेव गौतमका लागि बाटो खुलेको छ । उक्त क्षेत्रबाट उपचुनावमा बर्दिया १ बाट पराजित नेता गौतमलाई उठाउने तयारी छ । गौतमले केही महिनायता आफूलाई सांसद बनाउन सचिवालय बैठकमा निरन्तर छलफल गराईरहनुभएको थियो ।

Facebook Comments
देश भित्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *