राजपाले प्रधानमन्त्रीसंग छलफल गर्ने

साउन २३ – राष्ट्रिय जनता पार्टी नेपालले आफुहरुको मुद्धा सरकारले सम्बोधन नगरेको भन्दै प्रधानमन्त्रीसंग छलफल गर्ने भएको छ । पार्टी कार्यालय बबरमहलमा बुधबार बसेको राजपा अध्यक्षमण्डल सहित शिर्ष नेताको बैठकले आफ्नो मुद्धाका बिषयमा बिहीबार पार्टीका अध्यक्षमण्डलले प्रधानमन्त्रीसंग छलफल गर्ने र आवश्यक निर्णय गर्ने निर्णय गरेको हो । संबिधान संसोधन , आफ्ना नेतामाथि लागेका मुद्धा फिर्ता हुनुपर्ने लगाएका माग सम्बोधन नभएको भन्दै पछिल्लो समय राजपाले सदनमा चर्को आवाज उठाउदै आएको छ । बैठकले संघिय तथा प्रादेशिक संसदमा सांसदहरुको भूमिकालाई प्रभावकारी बनाउन ओरेन्टेशन कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ भने महाधिवेशनका लागी तयारी अबस्थामा रहन जिल्ला कमिटिलाई सर्कुलर जारी गर्ने निर्णय पनि गरेको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिनुभयो ।

बैठकले जिल्लाको बैठक निरन्तर गराउने र निर्णय केन्द्रलाई जानकारी गराउन पनि निर्देशन दिएको छ । राजपाले यसअघि नै आगामी वैशाख ७ देखि ९ गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

Facebook Comments
देश भित्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *