जेठ २९ –  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनता पार्टी नेपाल सरकारमा आइहाल्ने सहमति नभएको बताउनुभएको छ ।  मंगलबार भरतपुर बिमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले राजपालाई सरकारमा सामेल गराउने बारेमा छलफल भईरहेको भन्दै सहमति भने भईनसकेको बताउनुभएको हो । फौज्दारी अभियोग लागेका सांसद्लाई नियमावलीमा छुट दिइए पनि ऐनमा निलम्बन नै शब्द राख्ने कुरामा दलबीच सहमति भइसकेको पनि अध्यक्ष प्रचण्ड ले बताउनुभयो । अध्यक्ष प्रचण्डले कार्यकारी राष्ट्रपति अहिलेको कार्यसूची नभएको बरु सुशासन, विकास र समृद्धि रहेको बताउनुभयो । उहाले मुलुकको समृद्धि र बिकासमा सरकारले प्रतिपक्षीलाई पनि साथमै लिएर अघि बढ्ने बताउनुभयो ।

Facebook Comments
HOMELAND

Leave a Reply

Your email address will not be published. Required fields are marked *