भाद्र २९ – राष्ट्रिय जनता पार्टीले संसदीय छानबिन समिति बनाएर प्रहरी हिरासतमा मृत्यु भएका बर्दियाका राममनोहर यादवको घटनाको छानबिन गर्न माग गरेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा राजपाका सांसद लक्ष्मणलाल कर्णले संसदीय छानबिन समिति बनाई यादवको मृत्युको घटनाबारे छानबिन अघि बढाउन माग गर्नुभयो । उहाले घटनाबारे सत्य तथ्य बाहिर ल्याउन समिति बनाउन र जाँचबुझ होस् भनेर पटक पटक सरकारको ध्यानाकर्षण गराउदा सुनुवाई नभएको भन्दै त्यसबारे गृहमन्त्रीको जवाफ माग गर्नुभएको थियो । मन्त्रीलाई कालो झण्डा देखाएको नाममा बर्दियाका राममनोहर यादवलाई नियन्त्रणमा लिने काम भएको उहाको भनाई छ ।

सर्वदलीय संसदीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने जनाएको राजपालाई सभामुख कृष्ण वहादुर महराले सबै दलसँग छलफल गरी समिति गठनको विषयलाई अगाडि बढाउने बताएपछि राजपाले संसद चल्न दिएको थियो ।

Facebook Comments
देश भित्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *