साउन १७ – केहि दिन अघि अमेरिकाको ओक्लोहोमा लुटेराको अन्धाधुन्ध ८ गोली लागेर गम्भीर भएकी  रचना श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार भएको छ। अहिले रचना सामान्य हिडडुल गर्न सक्ने अबस्थामा पुग्नु भएको छ।अमेरिकाको ओक्लोहोमा स्थित बडिज हेण्डी मार्ट ग्यांस स्टेशनमा काम गर्ने  रचना  लुटेराले अन्धाधुन्ध ८ गोली चलाउंदा गम्भिर हुनु भएको थियो। लुटेराले गोलि चलाउनु को कारण प्रस्ट रुपमा खुलेको भने छैन। घटनामा रचनालाइ गाला, पिठ्यु, पाखुरा, कम्मर तथा पेट र मुटुको तल्लो भागमा ८ गोली लागेको थियो ।

आफ्नो दु:खद घडीमा सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद दिदै चिकित्सकहरुको ठुलो प्रयासले नै आफ्नो श्रीमतीले नयाँ जीवन पाएको उहाँका श्रीमान कपिलले जानकारी दिनु भएको छ । साथै गो फण्ड मि मार्फत आर्थिक सहयोग गर्ने लाइ समेत धन्यबाद दिदै उनले आफ्नो श्रीमतीको बर्तमान अबस्थाको फोटो हरु पनि सार्बजनिक गर्नु भएको हो । गो फण्ड मि मार्फत गम्भिर घाइते रचनालाइ उपचार सहयोग गर्न खोलिएको एकाउण्ट्मा करिब ७३ हजार डलर सहयोग रकम संकलन भएको छ । मात्र ६ दिनमा २७५५ जना सहयोगी मन ले यति ठुलो रकम सहयोग गरेका थिए।

 

यो पनि पढ्नु होस्

गोली प्रहारबाट गंभीर घाईते भएकी रचना श्रेष्ठको उपचारमा सहयोग गर्न आग्रह

Facebook Comments
देश बाहिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *