फागुन २७ – ललितपुर महानगरपालिकाले धार्मिक रुपले महत्वपूर्ण पूर्णचण्डी पोखरीलाई पहिलेकै स्वरूपमा फर्काउने भएको छ । २०२१ सालको नापीका समयमा रहेको क्षेत्रफल कायम गरेर पोखरीको निर्माण थालेको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । महानगरले यस वर्षको बटेजमा पोखरीको निर्माणलाई रु एक करोड ५८ लाख रुपैया छुट्याइएको र अर्को वर्षसम्म निर्माण गरिसक्ने योजना रहेको उहाँले बताउनुभयो । पोखरीको वरपर बगैँचा, विश्रामस्थल बनाइने प्रमुख महर्जनले बताउनुभयो । ललितपुर महानगरपालिकाभित्र एक शताव्दी पहिले ३९ वटा पोखरी रहेकामा अहिले १६ मात्रै सामान्य अवस्थामा छन् ।

Facebook Comments
HERITAGE/CULTURE

Leave a Reply

Your email address will not be published. Required fields are marked *