फागुन २३ –  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रादेशिक नक्सा तयार गरेको छ । नयाँ नक्सा आज सार्वजनिक गर्ने तयारी रहेको मन्त्रालयले जनाएको छ । परिवर्तित संरचना अनुसार तयार पारिएको नक्सामा सातैवटा प्रदेशसँग जोडिएका जिल्ला तहसम्मका सीमाका साथै ठूला नदी, सडक तथा प्रमुख लोकमार्ग समेत राखिएको छ । नापी विभागले संरचना तयार गरेको नक्सा सरकारी तथा गैरसरकारी संस्थाले आधिकारिक रुपमा प्रयोगमा ल्याउने मन्त्रालयका सचिव गोपिनाथ मैनालीले जानकारी दिनुभयो । स्थानीय तहको चुनावपछि नक्साको संरचना तयार गर्न शुरु गरिएकामा त्यसको प्रशासनिक सीमा विभाजन गर्न समय लागेको मन्त्रालयले जनाएको छ ।

Facebook Comments
HOMELAND

Leave a Reply

Your email address will not be published. Required fields are marked *