नेपाल नागरिकता पहिलो संशोधन विधेयक संसोधन गर्नुपर्ने माग राख्दै महिला अधिकारकर्मीको विरोध प्रर्दशन

भाद्र १ – सरकारले ल्याएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७५ माथि संसोधन गर्नुपर्ने माग राख्दै महिला अधिकारकर्मीहरुले शुक्रबार काठमाडौमा विरोध प्रर्दशन गरेका छन् । नागरिकता सम्बन्धी प्रस्तावित बिधेयकका प्रावधानहरु संसोधनको माग राख्दै बिभिन्न महिला अधिकारसम्बद्ध संघ संस्थाले काठमाडौको माईतिघरदेखि बानेश्वरसम्म विरोध प्रर्दशन गरेका हुन् । नागरिकता दिन विभेद गरिने छैन भनेर संविधानले नै व्यवस्था गरेकाले नागरिकतामा महिलालाई विभेद गर्न नमिल्ने उनीहरुको भनाई छ । उनीहरुले सबै नेपाली पुरुष र सबै नेपाली महिलाको सबै सन्तानले सहज ढंगले नागरिकता पाउने व्यवस्था मिलाउन माग समेत गरेका छन् । विरोध प्रर्दशनपछि आयोजित कोणसभामा महिला अधिकारकर्मी रेणुराज भण्डारीले आफुहरुको दवाव र अनुरोध स्वीकार नगरे अन्य दवाब सिर्जना गर्ने बताउनुभयो ।

यसअघि प्रतिनिधीसभाको बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७५ माथिको सैदान्तिक छलफलमा क्रममा सांसदहरुले फरक–फरक धारणा राखेका थिए ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *