भाद्र २५ – नुवाकोटमा भएको हेलिकोप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको हो । समितिलाई एक हप्ता भित्र घटनाको छानबिन गरी प्रतिवेदन बुझाउन समय सीमा तोकिएको मन्त्रालयले जनाएको छ गएको शनिबार बिहान गोरखाको सानोगाउँबाट काठमाडौँका लागि उडेको हेलिकप्टर नुवाकोटको म्यागङ गाउँपालिका–१ मैलुङ्गपाखामा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको थियो । एकजनालाई गम्भीर अवस्थामा उद्धार गरिएको थियो ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *