पुस ३० –  प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई हातपात गरे नगरेको बारे छानविन गर्न समिति गठन गरिएको छ । घटनाको छानबिन गर्न प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरिएको हो । समितिमा प्रदेश २ का मुख्य सचिव दीपक सुवेदी र कार्यालयका सचिव हरि फुयाँल सदस्य हुनुहुन्छ । गरीबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमका लागि गैरसरकारी संस्थालाई छनोट गर्दा मन्त्री यादव निकट रहेको गैरसरकारी सँस्था नपरेकाले मन्त्रीले आफ्नो कार्यकक्षमा बोलाएर थप्पड र लात्ति हानेको सचिव झाले बताउनुभएको छ । तर मन्त्री यादवले भने त्यसलाई अस्विकार गर्दै कुटेको पुष्टि भए कारबाही भोग्न तयार रहेको बताउनुभयो ।

Facebook Comments
HOMELAND

Leave a Reply

Your email address will not be published. Required fields are marked *