मालसामानको भाउ पोहोर भन्दा झण्डै दोब्बर

मंसिर १० – काठमाडौ उपत्यकामा मालसामानको भाउ पोहोर भन्दा झण्डै दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो महीनाको आर्थिक तथा वित्तीय स्थितिमा काठमाडौंमा अहिले मुद्रास्फिती ४ प्रतिशत रहेको जनाइएको छ । गतआर्थिक बर्षको यही अवधिमा यस्तो मुद्रास्फिती २ दशमलव ३ प्रतिशत मात्र रहेको राष्ट्रबैकले जनाएको छ । राष्ट्रबैकका अनुसार पहाडमा अन्तभन्दा धेरै मूल्यबृद्धि भएको छ । पहाडमा गएको आर्थिक बर्षको तेश्रो महिनामा उपभोक्ता मुद्रास्फीति ३ प्रतिशत रहेकोमा अहिले बढेर ६ दशमलव १ प्रतिशत पुगेको हो । यस्तै तराईमा मुद्रास्फिती ४ दशमलव ३ प्रतिशत, हिमालमा ४ दशमलव २ प्रतिशत रहेको राष्ट्रबैकले जनाएको छ । चालू आर्थिक वर्षको तीन महीनामा नेपालको व्यापार घाटा तीन खर्ब ४९ अर्ब ८४ करोड रुपैया पुगेको छ । प्रतिवेदन अनुसार जम्मा वस्तु व्यापार घाटा ४५ दशमलव ९ प्रतिशतले बढेको हो । बस्तुको निर्यात, भारततर्फ २० दशमलव २ प्रतिशत, चीनतर्फ १४ दशमलव ४ प्रतिशत र अन्य देशतर्फ ११ दशमलव २ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ । समीक्षा अवधिमा वस्तु आयात ४३ दशमलव ६ प्रतिशतले बढेर तीन खर्ब ७३ अर्ब ५९ करोड रुपैया पुगेको छ । जसमा भारतबाट भएको आयात ४० दशमलव ८ प्रतिशत, चीनबाट भएको आयात ४५ दशमलव ९ प्रतिशत र अन्य देशबाट भएको आयात ५० दशमलव ५ प्रतिशतले बढेको छ । यस्तै, चालू आर्थिक बर्षको तीन महीनामा दुई खर्ब ४२ अर्ब बराबरको विप्रेषण अर्थात रेमिट्यान्स नेपाल भित्रिएको छ । बैंकका अनुसार विप्रेषण आप्रवाह ३७ दशमलव ३ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको यहि अवधिमा विप्रेषण आप्रवाह २ दशमलव ६ प्रतिशतले बढेको थियो । यो अवधिमा विदेश जानेको संख्या भने घटेको छ । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या ३६ दशमलव ७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २ दशमलव ६ प्रतिशतले घटेको थियो ।

Facebook Comments
अर्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *