आपराधिक गतिविधि गरेकाले प्रकान्डलाई पक्राउ गरिएको हो: गृहमन्त्री

साउन २५ – गृहमन्त्री रामबहादुर थापाले आपराधिक गतिविधि गरेका कारण नेकपाका नेता खड्गबहादुर विश्वकर्मालाई पक्राउ गरिएको बताउनुभएको छ । शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्र्दै उहाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता विश्वकर्मा चन्दा आतंक र हिंसात्मक गतिविधिमा लागेका कारण पक्राउ गरिएको स्पष्ट पार्नुभयो । विश्वकर्मा प्रहरीको खोजीको सूचीमा रहेकाले पक्राउ गरिएको मन्त्री थापाको भनाई थियो । सरकारका विरुद्धमा रहेका शक्तिलाई राजनीतिक र प्रशासनिक रुपमा नियन्त्रण गर्ने प्रक्रियामा सरकार रहेको गृहमन्त्री थापाले जानकारी दिनुभयो । त्यस्तै भक्तपुरमा बालक अपहरण र हत्यामा संलग्नलाई २४ घण्टाभित्र निस्तेज गर्न प्रहरी सफल भएको मन्त्री थापाले बताउनुभयो । गृह मन्त्रालयमा प्राप्त प्रतिवेदनअनुसार उक्त घटना मुठभेडबाट भएको उहाँको भनाई थियो । अपराध कम भएको र दोषी तत्काल पक्राउ गर्न सरकार सफल भएको भन्दै उहाँले विपद् व्यवस्थापनमा सरकार लागिपरेको जिकिर गर्नुभयो ।

Facebook Comments
देश भित्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *