कविता:  श्रीपेचहरु

श्रीपेचहरु

 

रैतीबाट
जनता भएका भनिएकाहरू
आज फेरि पनि
बाध्य भएर फेरि
गर्दैछ भुगतान
आफ्नो पेट काटेर
घर खेत लुटाएर
बनाउन दिन
नयाँ नयाँ महल र दरवारहरु ।

एउटा श्रीपेचको भार
मुश्किलले आफ्नो काँधबाट हटाएर
खुशी भएका हातहरुलाई
यतिखेर फेरि फरमान जारी गरेर
पुन: रैती बनाउन
बनाउँदैछन् असंख्य नयाँ नयाँ सिँहासनहरू र नारायणहितिहरु ।

नयाँ नयाँ अवतारी राजा महाराजाहरू,
नव यूवराज र युवराज्ञीहरू
नव अधि राजकुमार र राजकुमारीहरूका
इज्जत र शानका लागि
बलिदान गर्दैछ फेरि पनि
आफूहरू नै निर्वस्त्र भएर
भोकभोकै बसेरै पनि
भर्न बाध्य छन् राज्यकोषका प्वालै प्वाल परेका कन्तुरहरू
चलाउन सवारी
नयाँ नयाँ विलासी बग्गीहरुमा
नयाँ नयाँ मौसुफ सरकारहरुको ।

सुन्दैछु ,
यतिले पनि अपुग भएर
बाआमाहरुका गाँस पनि खोस्ने तयारीमा छ ।
बनाउन असंख्य नयाँ राजदन्ड र श्रीपेचहरू ।

 

सुधीर ख्वबि

Facebook Comments
साहित्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *