फागुन २२ – प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि शिक्षण अस्पताल भर्ना हुनुभएको छ । नियमित उपचारका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा भर्ना हुनुभएको हो । प्रधानमन्त्रीको उपचार एवम् परीक्षण प्राध्यापक डाक्टर अरुण सायमीको संयोजकत्वमा भइरहेको र उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको शिक्षण अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीको मुटुको नियमित परीक्षणका लागी एक दिन भर्ना गरिएको डाक्टर सायमीले जानकारी दिनुभयो । उपचारका क्रममा थप केही परीक्षण गर्न उपयुक्त देखिएकाले अब्जरभेशनमा राखिएको पनि सेन्टरले बताएको छ ।

Facebook Comments
HOMELAND

Leave a Reply

Your email address will not be published. Required fields are marked *