फागुन २३ –  प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट निवास फर्कनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि हिजो मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्स्प्लाण्ट सेण्टरमा भर्ना भएका प्रधानमन्त्री ओली १० घण्टापछि निवास फर्किनु भएको हो । उहाँको स्वास्थ्य परिक्षणका रिपोर्ट सामान्य आएकाले डिस्चार्ज गरिएको सेण्टरका डाक्टर अरुण सायमीले जानकारी दिनुभयो ।

Facebook Comments
HOMELAND

Leave a Reply

Your email address will not be published. Required fields are marked *