विकास निर्माणका काममा भईरहेको प्रगतीका विषयमा  प्रधानमन्त्रीको चासो

कार्तिक १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका काममा भईरहेको प्रगतीका विषयमा चासो व्यक्त गर्नुभएको छ । आफु उपचार्थ अस्पतालमा शुक्रबार केहि मन्त्रीहरुसंग छलफल गर्दे प्रधानमन्त्री ओलीले विकास निर्माणका बारेमा चासो व्यक्त गर्नुभएको हो । बुधबार केहि मन्त्रीहरुहरुसंग अस्पतालमा नै छलफल गर्नुभएका प्रधानमन्त्री ओलीले शुक्रबार पनि केहि मन्त्रीहरुसंग छलफल गर्दे मातहतका विकास योजनामा भईरहेको गतिका बारेमा जानकारी लिनुभएको हो । अस्प्तालमा प्रधानमन्त्रीसंगको भेटपछि संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले भेटका क्रममा निर्माणाधिन विमानस्थलका बारेमा प्रधानमन्त्रीले जानकारी लिनुभएको बताउनुभयो । भैरहवा विमानस्थलको प्रगती तथा भ्रमण बर्ष २०२० को तयारीका बारेमा मन्त्रालयले गरिरहेको तयारीका बारेमा पनि प्रधानमन्त्रीले चासो व्यक्त गर्नुभएको उहाँले जानकारी दिनुभयो । त्यस्तै मन्त्री अधिकारीले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य हुदै गएको जानकारी पनि दिनुभयो । शुक्रबार नै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल , महासचिव बिष्णु पौडेल लगाएतले अस्पताल पुगी प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको थियो । सो क्रममा पार्टीको आन्तरिक विषयमा सामान्य छलफल भएको बताईएको छ ।

Facebook Comments
देश भित्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *