प्रधानमन्त्री ओलीलाई आज डिस्चार्ज गर्ने सम्भावना

कार्तिक १६-  प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गर्ने सम्भावना रहेको उपचारमा संलग्न डाक्टरले बताएका छन् । तर आज डिस्चार्ज गर्ने नगर्ने भन्ने बारे आज नै निर्णय गरिने उपचारमा संलग्न डाक्टर अरुण सायमीले बताउनुभयो । गएको सोमबारदेखि छातीमा संक्रमण भएपछि त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको उपचार भइरहेको छ । आज अन्तिम डोजको औषधि बेलुकी दिए पछि सकिने र त्यस पछि उहाँको डिस्चार्ज गर्ने नगर्ने निर्णय गर्ने डाक्टर सायमीले बताउनुभयो । प्रधानमन्त्री ओलीको उपचारमा संलग्न डाक्टर अरुण सायमी, डाक्टर दिव्यासिंह र डाक्टर सन्तकुमार दास तीनै जनाले उहाँको स्वास्थ्य परीक्षण पछि प्रधानमन्त्रीलाई घर पठाउने नपाठाउने निर्णय गर्नेछ । प्रधानमन्त्री ओलीको स्वास्थयमा धेरै सुधार आइसकेको पनि डाक्टरले बताएका छन् ।

Facebook Comments
देश भित्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *