भाद्र १२ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक बिकास कसैले रोक्न नसक्ने बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ३३ औँ प्राज्ञसभाको मंगलबार काठमाडौमा उद्घाटन गर्दे प्रधानमन्त्री ओलीले अबको दुई बर्षभित्र मुलुक दोहारो अंकको आर्थिक बृद्धितर्फ अघि बढ्ने समेत बताउनुभयो । उहाले साहित्यमा नेपालको सुन्दरताको मात्रै वर्णन हुने गरेकामा अब समृद्धिको पनि वर्णन हुने स्थिति सिर्जना गर्न आग्रह गर्नुभयो । सुन्दर नेपालको रित्तो घर वा घरभित्र भोका र नाङ्गा बालबालिकाको वर्णन गरेर नेपाल कुरुप नै रहिरहने भन्दै उहाँले आफूहरु अब समाजलाई सुन्दर बनाउने पक्षमा र कोही नेपाली भोकै नरहोस् भन्ने सोचका साथ काम गरिरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले जन्मसिद्ध श्रेष्ठताको पाखण्डी र अवैज्ञानिक सिद्धान्तलाई फालेर जनताले छानेको लोकतान्त्रिक प्रणाली समृद्धिको महायात्राको थालनी भएकाले नयाँ युगको यात्रामा समृद्धिको वर्णन गर्न स्रष्टाहरुलार्ई आग्रह गर्नुभयो ।

त्यस्तै , प्रधानमन्त्री ओलीले राष्ट्रलाई जगाउने र एकताबद्ध गर्ने सन्दर्भमा प्रज्ञा प्रतिष्ठानले निर्वाह गरेको भूमिका असाधारण रहेको बताउनुभयो । त्यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले आफुलाई फरक गराएर आर्थिक बिकासको बाटोमा अघि बढ्नुपर्ने बेला आएको तर्क गर्नुभयो । बैठकमा गत आर्थिक वर्षको कार्यक्रम र गतिविधिको समीक्षा गर्दै चालू आवको बजेट र कार्यक्रमका बारेमा छलफल भएको छ ।

Facebook Comments
साहित्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *