‘अति कम विकसित देशले हासिल गरिरहेको प्रगति सन्तोषजनक छैन’

असोज १२- प्रधानमन्त्री केपी शर्मा ओलीले अति कम विकसित देशले हासिल गरिरहेको प्रगति सन्तोषजनक नभएको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघको महासभालाई संबोधन गर्दै उहाँले विकशित देशले उच्च आर्थिक विकास प्रस्तुत गरिरहेपनि अति कम विकशित देशको प्रगति कम मात्र भइरहेको उल्लेख गर्नुभएको हो । अति कम विकशित देशको अवस्था सुधार गर्न विकसित देशहरुको भूमिका महत्वपुर्ण हुने भन्दै प्रधानमन्त्री ओलीले यसका लागि अन्तराष्ट्रिय प्रतिवद्धता अनुसार विकशित देशले काम गर्न नसकिरहेकोतर्फ ध्यानाकर्षण गराउनुभयो । अति कम विकशित देशको अवस्था सुधार्न विकशित देशले गर्नुपर्ने काम र लगानी कुनै दान नभएर एक कर्तब्य र दायित्व भएको उहाँको भनाई थियो । २१ औ शताव्दीलाई गरिबी, बहिष्करण, द्वन्द्व, शोषण र अन्यायपूर्ण समयका रुपमा इतिहासमा अंकित गरिनु नहुने भन्दै प्रधानमन्त्री ओलीले यो समयलाई आपसि सहयोग, सामन्जस्य, समावेशीता, विकास र न्यायपूर्ण समयका रुपमा चित्रित गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले सिरिया, यमन प्यालेस्टाइन, लगायतका देशमा आफ्नो अधिकार स्वतन्त्रता र न्यायका लागि मानिसले गरिरहेको संघर्षलाई विश्व समुदायले सुन्नुपर्ने र संबोधन गर्नुपर्ने बेला भएको विचार ब्यक्त गर्नुभयो । द्वन्द्, गरिबी, आतंकबाद, जलवायु परिवर्तन, खाद्य असुरक्षा, प्राकृतिक विपत्ति, थातथलो छोड्न बाध्य हुनुपर्ने अवस्था, लगायत कारण लाखौ लाख मानिसले ज्यान गुमाउनुपर्ने अवस्था रहेकाले यसलाई रोक्न सवै मिलेर काम गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो । नेपाल विश्वका कुनैपनि देशसंग दुश्मनी नलिने र सवैसँग मिलिजुली अघि बढ्ने परराष्ट्र नीति अंगालेर अघि बढिरहेको तथा विश्वब्यापी मुद्दाहरुमा नेपालले कुनै भेदभाव र पुर्वाग्रह विनै आफ्ना धारणा राख्ने विश्वास दिलाउनुभयो । नेपाल सँधै पूर्ण मानव अधिकारका पक्षमा नेपाल सँधै प्रतिवद्ध रहेको तथा विकास, लोकतन्त्र र मानवअधिकारको सम्मान तथा अन्तर सम्बन्ध र आपसि गाढापनमा नेपालले विश्वास गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

Facebook Comments
देश बाहिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *