हरिशंकर जात्रामा आज छोयला भू

असोज १७ – आधा महिनासम्म संचालन हुने काठमाडौंको फर्पिङ्गको हरिशंकर जात्रामा  आज राती  कनकेश्वर , अघोरेश्वर  र  नन्दिकेश्वरको  रथयात्रा गरिदैछ । आज राती कनकेश्वर (दक्षिणकाली), अघोरेश्वर (नीलबाराही) र नन्दिकेश्वर (इन्द्रायणी) को रथयात्रा गरिने जात्रा व्यवस्थापन मूल समितिका संयोजक सुरेन्द्र मानन्धरले बताउनु भयो । आज त्यहाँका स्थानीयले छोयला भू मनाइरहेका छन् । जात्रा गएको ४ गतेबाट शुरु भएको हो भने मूल जात्रा पर्सी हुँदैछ ।

Facebook Comments
सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *