१२ वटा पेट्रोलपम्प कारवाहीमा

मंसिर १० –  नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोलियममा ठगी गर्ने १२ वटा पेट्रोलपम्पलाई कारवाही गरेको छ । विभागले गएको एक महीनामा सफ्टवयर प्रविधिको प्रयोग गरी मात्रामा दुईदेखि पाँच प्रतिशतसम्म ठगी गर्ने १२ वटा पेट्रोलपम्पलाई कारवाही गरेको जनाएको हो । कारवाहीमा पर्नेमा बाराको विजय आयल स्टोर, ममता आयल स्टोर, स्वस्थानी आयल स्टोर, अमित आयल स्टोर, शङ्कर आयल स्टोर हरिओम आयल स्टोर र जयविकास आयल स्टोर छन् । यस्तै, न्यू बगलामुखी आयल स्टोर स्वयम्भू काठमाडौँ, शङ्कर पेट्रोलियम रुपन्देही, रिया आयल सप्लायर्स कपिलवस्तु, खुश्बु फ्यूल सप्लायर्स ओखलढुङ्गा, लुम्बिनी लोटर्स आयल स्टोर रुपन्देही पनि कारबाहीमा परेका विभागका महानिर्देशक विश्ववाबु पुडासैनीले जानकारी दिनुभयो ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *