खाना पकाउने ग्यास सहित इन्धनको भाउ बढ्यो

भाद्र २१ – खाना पकाउने ग्यास सहित इन्धनको भाउ बढेको छ । गएराती १२ बजेदेखि लागू हुने गरि नेपाल आयल निगमले खाना पकाउने ग्यास, डिजेल, मट्टीतेल र पेट्रोलको भाउ बढाएको हो । खाना पकाउने ग्यासमा सिलिण्डरको २५ रुपैया, डिजेल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ र पेट्रोलमा लिटरको १ रुपैयाँ भाउ बढेको निगमले जनाएको छ । भाउ बढेपछि अब खाना पकाउने ग्यास एक सिलिण्डरको १४ सय रुपैया तिर्नुपर्ने भएको छ भने डिजेल र मट्टीतेल ९८÷९८ रुपैयाँ तथा पेट्रोल लिटरको १ सय १२ रुपैयाँ पुगेको छ । यति भाउ बढाउँदा पनि आफुलाई अझै घाटा रहेको निगमको दाबी छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेको तथा अमेरिकन डलरको तुलनामा नेपाल र भारतीय रुपैयाँको अवमूल्यन भएकाले भाउ बढाउनु परेको निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले बताउनुभयो ।

Facebook Comments
अर्थ, ब्यानर

Leave a Reply

Your email address will not be published. Required fields are marked *