पेट्रोलियम पदार्थको भाउ घट्यो

पुस ४ – सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । गएराती १२ बजेदेखि लागु हुनेगरि पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई, दुई रुपैयाँ घटाइएको नेपाल आयल निगमले जनाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल लिटरको १ सय १२ रुपैयाँ, डिजेल र मट्टीतेल ९९ रुपैयाँमा पाइने निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । यसैगरी निगमले निगमको डिपो÷बिक्री केन्द्रदेखि १५ किलोमिटर भित्र लागू हुने क्षेत्रभित्र पनि नयाँ मूल्य तोकेको छ । जसअनुसार झापा, विराटनगर, धनुषाको महेन्द्रनगर, वीरगञ्ज, अमलेखगङ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा पेट्रोलको १०८ रुपैंयाँ ५० पैसा, डिजेल र मट्टीतेलको ९५ रुपैंयाँ ५० पैसा तथा पोखरा र दाङका लागि पेट्रोल १०९ रुपैंयाँ ५० पैसा र डिजेल तथा मट्टीतेलको ९६ रुपैंयाँ ५० पैसा नयाँ मुल्य तोकेको छ ।

Facebook Comments
ECONOMY

Leave a Reply

Your email address will not be published. Required fields are marked *