मंसिर ५ –  सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पूरा भएको छ । २०६३ साल मंसिर ५ गते सरकार र माओवादीबीच शान्ति सम्झौतामा हस्ताक्षरपछि तत्कालीन नेकपा माओवादीले औपचारिक रुपमा शान्तिपूर्ण राजनीति अवलम्बन गरेको थियो । सम्झौतासँगै नेपालमा २०५२ सालदेखि चलेको नेकपा माओवादीको सशस्त्र राजनीतिक यात्रा अन्त्य भएको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वृहत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । जनआन्दोलन २०६२÷०६३ पछि तत्कालिन सात राजनीतिक दल र नेकपा माओवादीबीच भारतको नयाँ दिल्लीमा भएको १२ बुँदे समझदारीपछि वृहत शान्ति सम्झौतालाई नेपालको राजनीतिक इतिहासमा सबैभन्दा महत्वपूर्ण मानिएको छ । तर द्धन्द्धकालिन मुद्धा अहिलेपनि समाधान हुन सकेको छैन । द्धन्द्धका बेलामा भएका घटनामा संलग्न व्यक्तिको छानविन प्रक्रिया लम्बिएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगले अहिलेसम्म ६३ हजार उजुरी संकलन गरेको छ । तर कुनैको पनि फछ्र्यौट हुन सकेको छैन । २०७१ माघ २७ गते गठन भएको आयोगको थप गरिएको कार्यकाल समेत आउँदो माघ २६ गते सकिदैछ ।

Facebook Comments
HOMELAND

Leave a Reply

Your email address will not be published. Required fields are marked *