भाद्र २९ – प्रतिनिधिसभाले मौलिक हकसँग सम्बन्धित विभिन्न विधेयक पारित गरेको छ । शुक्रबार बसेको बैठकले ‘भूमिसम्बन्धी (सातौँ संशोधन) विधेयक, २०७५’ लगाएतका बिद्ययेकहरु पारित गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकमा जनस्वास्थ्य विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ । विधेयक पारित गरियोस् भनी उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रतिनिधिसभाको आजको बैठकमा उक्त प्रस्ताव पेश गर्नुभएको थियो । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५’ , रोजगारीको हक सम्बन्धी विधेयक, खाद्य अधिकार सम्बन्धी विधेयक, आवासको अधिकार सम्बन्धी विधेयकलाई पनि पारित गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक भोली शनिबार दुई बजे बोलाईएको छ ।

Facebook Comments
देश भित्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *