भाद्र २२ – आज काठमाण्डू उपत्यकाका विभिन्न ठाउँमा रहेका शाक्य बज्राचार्य समुदायले पंचदान पर्व मनाइरहेका छन् ।हरेक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन काठमाडौं सहित भक्तपुर , बनेपा, ठीमि, किर्तिपूर,साँखु,पोखरा ,पाल्पा लगायतमा दिपंकर बुद्धको मूर्ति अगाडि राखेर शाक्य , बज्राचार्य समुदायले विभिन्न अन्न , पैसा दान दिएर, लिएर पंचदान मनाउने गर्छन् । भक्तपुरमा आजका दिन ५ वटा दीपंकर बुद्धका मूर्ति सहित शाक्य बज्राचार्य समुदायका मानिसहरु सामूहिक पंचदान लिन लाने परम्परा छ । ५ वटादीपकंर बुद्धको मूर्ति नै टोलटोलमा आएर पंचदान लिन आउने भएकोले भक्तपुरको पंचदान अरु ठाँउको भन्दा फरक हुने गर्दछ । यस्तै आज बुगमती, साँखु, बनेपामा पनि पंचदान मनाइरहेको छ । स्थानीय शाक्य बज्राचार्य समुदायका भक्तजनहरु विहानैदेखि टोल टोलमा गएर पंचदान लिइरहेका स्थानीयबासिन्दाले बताएका छन् ।

Facebook Comments
सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *