‘पद्मरत्न तुलाधरको निधनले मुलुकलाई अपुरणीय क्षती’

कार्तिक १८ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहालले मानवअधिकारकर्मी एवम् नागरिक आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको निधनले मुलुकलाई अपुरणीय क्षती पुगेको बताउनुभएको छ । आईतबार तुलाधरलाई श्रद्धाञ्जली दिन नर्भिक अस्पताल पुग्नुभएका अध्यक्ष दाहालले सञ्चारकर्मीमाझ मुलुकको हरेक परिवर्तनमा तुलाधारको उच्च भूमिका रहेको भन्दै उहाको निधनले मुलुकलाई अपुरणीय क्षती पुगेको बताउनुभयो । तुलाधारलाई पञ्चायत विरोधी आन्दोलन, लोकतान्त्रिक आन्दोलन हुँदै शान्तिप्रक्रिया र संविधान निर्माणमा उनको योगदान सदा स्मरणीय रहने उहाले बताउनुभयो । पहिचान र संघीयताका पक्षधर वाम बुद्धिजीवि दिवंगत तुलाधरप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रचण्डले शोक सन्तप्त परिवारजन र आफन्तजनमा समवेदना व्यक्त गर्नुभयो । त्यस्तै नेकपा महासचिव बिष्णु पौडेलले राजनीतिक सामाजिक आन्दोलनमा तुलाधरले खेल्नुभएको भूमिकाको स्मरण गर्नुभयो । त्यस्तै मानव अधिकारवादी दमननाथ ढुङ्गानाले सास्कृतिक धरोहरको निधनले ठूलो क्षती भएको बताउनुभयो । समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठले नेपालको विविध समूदायको आन्दोलनमा तुलाधरले खेल्नुभएको भूमिका कसैले विर्सन नसक्ने बताउनुभयो । तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्न विभिन्न राजनीतिक दलका नेता , शुभेच्छुक लगायत नर्भिक अस्पताल पुगेका थिए ।

Facebook Comments
देश भित्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *