पद्मरत्न तुलाधर रहनुभएन

कार्तिक १८ – आदिवासी जनजाति आन्दोलनका अगुवा,  मानवअधिकारवादी नेता, साहित्यकार एवमं पूर्वमन्त्री पद्मरत्न तुलाधरको निधन भएको छ। तुलाधरको उपचारको क्रममा आइतबार काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय अस्पतालमा निधन भएको हो । कार्डियो रेस्पिरेटोरी फेलियर र मल्टिपल अर्गेन फेलियरका कारण निधन भएको अस्पतालले जनाएको छ ।तुलाधरलाई मस्तिष्कघात भएपछि कार्तिक ६ गते अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरिएका थियो । उपचारको क्रममा उनको मृगौलामा समस्या देखिएपछि डायलाइसिसका लागि अन्नपूर्ण न्यूरो अस्पतालबाट कार्तिक १३ गते बेलुकी नर्भिक अस्पतालको आइसियूमा सारिएको थियो । नर्भिकमा तीनपटक डायलाइसिस लगायतको अन्य समस्याको उपचार पश्चात पनि उहाँको स्वास्थ्यमा कुनै सुधार नभएपछि केही दिन अघि भेन्टीलेटरमा राखिएको थियो । तुलाधर २०४८ र २०५१ मा गरी दुईपटक सांसद हुनुभएको थियो भने २०५१ सालमा स्वास्थ्य मन्त्रीका रुपमा समेत काम गर्नुभएको थियो । उहाँको सोमबार शोभाभगवतीमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

यसैबिच तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्न विभिन्न राजनीतिक दलका नेता नर्भिक अस्पताल पुगेका छन् । नर्भिक अबस्पतालमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल , त्यस्तै नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराइ , सरकारका मन्त्रीहरु अस्पताल पुगेका छन् ।

Facebook Comments
साहित्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *