कार्तिक १९ – वामपन्थी नेता तथा अधिकारकर्मी पद्मरत्न तुलाधरको अन्त्येष्टि गरिएको छ । उहाँको काठमाण्डूको शोभा भगवतिमा बौद्ध परम्परा अनुसार राजकीय सम्मान सहित अन्त्येष्टि गरिएको हो । उहाँको पार्थिव शरिरलाई उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोख्रेलले राष्ट्रिय झण्डा ओढाउनु भएको थियो । स्वर्गीय तुलाधरलाई आज विहान राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल, विभिन्न राजनीतिक दलका नेताहरु, सांसदहरु, मानव अधिकारकर्मी, नागरिक समाजका अगुवाहरुले निवासमै पुगेर अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । मष्तिष्कघात र मृगौला समस्याबाट ग्रसित ७८ वर्षका तुलाधरको हिजो निधन भएको हो । २०५२ सालमा स्वास्थ्य तथा श्रममन्त्री बनेका तुलाधर २०५६ सालमा राजनीति छोडेर अधिकारकर्मी र लोकतान्त्रिक अभियानका अभियन्ताका रुपमा चर्चित हुनुभएको थियो ।

Facebook Comments
BANNER, SOCIETY

Leave a Reply

Your email address will not be published. Required fields are marked *