पद्मरत्न तुलाधरको आज अन्त्येष्टि

कार्तिक १९ – वामपन्थी नेता तथा अधिकारकर्मी पद्मरत्न तुलाधरको आज अन्त्येष्टि गरिने भएको छ । काठमाडौंको लाजिम्पाटमा रहेको निवासबाट दिउँसो १ बजे शव यात्रा निकालिने र त्यसपछि शोभाभगवतीमा बौद्ध परम्परा अनुसार अन्येष्टि गरिने आफन्तले बताएका छन् । मष्तिष्कघात र मृगौला समस्याबाट ग्रसित ७८ वर्षका तुलाधरको हिजो उपचारकै क्रममा निधन भएको हो । तुलाधर २०५२ सालमा स्वास्थ्य तथा श्रममन्त्री बनेका तुलाधर २०५६ सालमा राजनीतिबाट निष्क्रिय भएपछि उहाँ मावनअधिकार अभियन्ताका रुपमा चर्चित हुनुभएको थियो ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *