नेपालले आफ्नै भूउपग्रह प्रक्षेपण गर्ने

पुस १८ – नेपालले आफ्नै भूउपग्रह प्रक्षेपण गर्ने तयारी गरेको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुई नेपाली इञ्जिनीयरको सहयोगमा आउँदो बैशाखमा पहिलो पटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागिएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले जनाएको छ । वैशाखदेखि प्रक्षेपण हुने भूउपग्रहबाट देशका विभिन्न ठाउँको तस्वीर दैनिक सङ्कलन तथा हिमाल, पहाड, तराई, वन, पाखा हिमनदी, सडक र बाढीका बारेमा सूचना प्रवाह गरिने नाष्टका प्र्रविधि संकाय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले सहुलियत मूल्यमा तीन भूउपग्रह एकैसाथ निर्माण तथा प्रक्षेपणका लागि दुई करोड रुपैयाँ उपलब्ध गराएको छ । भूउपग्रहले नेपालको आकाशमा दैनिक पाँचदेखि १० मिनेटसम्म तस्वीर अभिलेखीकरण गर्नेछ । प्राप्त हुने तस्वीर र सूचनालाई नाष्टले आफ्नै कार्यालयको ‘ग्राउन्ड स्टेशन’मा भण्डारण गर्नेछ । अहिले नेपालले भाडाका भूउपग्रहबाट सूचना तथा जानकारी लिँदैआएको छ ।

Facebook Comments
BANNER, HOMELAND

Leave a Reply

Your email address will not be published. Required fields are marked *